जसपाको संसदीय दलमा पनि उपेन्द्र यादव पक्षको बहुमत

काठमाडौँ साउन २ गते । जनता समाजवादी पार्टी नेपालको संसदीय दलमा अल्पमतमा रहनु भएका उपेन्द्र यादव आज त्यसमा पनि बहुमत प्राप्त गर्नुभएको छ । ३२ जना सांसदमध्ये उपेन्द्र यादवको पक्षमा १९ जना पुगेका छन् । जसपा महन्थ ठाकुर पक्षका चारजना सांसद उपेन्द्र यादवले बोलाउनु भएको संसदीय दलको बैठकमै उपस्थित हुनुभयो । अरु बाँकी तीनजना उपत्यका बाहिर रहेको कारण उपस्थित नभएको सो पार्टीका नेताहरु बताउनु हुन्छ ।

कार्यकारिणी समिति र राष्ट्रिय सभामा उहाँको उपेन्द्र यादवको बहुमत थियो । संसदीय दलमा अल्पमतमा रहनु भएका उपेन्द्र यादव आज त्यसमा पनि बहुमत पुर्याउनु भएको छ । आज बसेको संसदीय दलको बैठकमा महन्थ ठाकुर पक्षमा रहनु भएका सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकालको उपस्थिति थियो । अरु तीन चारजना आउन बाँकी रहेको दावी गरिएको छ ।
जसपाको आधिकारिता सम्बन्धी विवाद निर्वाचन आयोगमा छ । भोलीदेखि त्यसको बारेमा बहस सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया