जसपाको आधिकारीकता उपेन्द्र यादवलाई, महन्थ ठाकुरलाई नयाँ पार्टी दर्र्र्र्ता गराउन आदेश

काठमाडौ्रँ साउन ११ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गराउन आदेश दिएको छ ।

आयोगमा आज भएको केन्द्रीय कार्यकारिणी समितिको हेडकाउन्टीङमा उपेन्द्र यादव पक्षले बहुमत प्राप्त गरेको कारण पार्टीको आधिकारिता दिएको हो ।

उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् भने रेशम चौधरी तटस्थ बस्नु भएको हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा। जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो।

 

तपाईको प्रतिक्रिया