एमसीसी बारे फतिमाले यसरी आग्रह गर्नुभयो ओलीलाई

काठमाडौँ भदौ २४ गते । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको बारेमा आफ्नो पार्टीले तत्कालै कुनै निर्णय नलिने जवाफ दिनु भएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा उहाँले सत्तारुढ दल यसमा स्पष्ट नभएसम्म आफ्नो पार्टीले तत्कालै कुनै धारणा नबनाउने जवाफ दिनु भएको छ ।

यसअघि आफ्नो नेतृत्वमा सरकार हुँदा एमसीसी पास गराउन आफूले प्रयास गरेको तर माओवादी र काँग्रेसले साथ नदिएको कुरा पनि उनले भनेका थिए । आफूहरु सरकारमा रहँदा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको गुनासो फतिमा समक्ष गर्नुभएको छ । एमसीसीको बारेमा यत्रो चर्चा हुँदा पनि सत्तारुढ दलहरुहरुले आफूहरुसँग कुनै छलफल नगरेको गुनासो उहाँले गर्नुभएको छ ।
आफूहरु सरकारबाट हटेपछि एमसीसीको बारेमा कुनै धारणा बनाएको छैन, सत्तारुढ दल यसमा स्पष्ट भएपछि मात्र आफूहरु कुनै धारणा बनाउने अ‍ोलीले स्पष्ट पार्नुभयो ।

भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

ओलीसँगको भेटमा फतिमाले एमसीसी नेपालको हितमा रहेको र अमेरिकाले यसमा कुनै हस्तक्षेप गर्नेछैन, नेपालको कानुन अनुसार नै एमसीसी प्रोजेक्ट चल्ने भएकाले त्यसलाई पास गराउन आग्रह गर्नुभएको थियो । सत्तारुढ दल एमसीसीको बारेमा सकारात्मक छन्, प्रतिपक्षि दल एमालेले सहयोग गरेपछि यो पास हुने धारणा फतिमाले राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया