बाबुरामका कारण बिग्रियो भाजपासँग जसपाको सम्बन्ध

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले चार दिवसीय नेपाल भ्रमण सकाएर भदौं ९ गते विहान स्वदेश फर्कि सक्नु भएको छ । नेपाली काँग्रेसको निमन्त्रणमा नेपाल भ्रमणमा आउनु भएका चौथाइवालाले जनता समाजवादी पार्टी नेपालका नेताबाहेक हरेक दलका शीर्ष नेताहरुलाई भट्नुभयो । तर अचानक नेपाल आउनुको उद्देश्य के थियो, त्यो कुरा अझै स्पष्ट भएको छैन । उहाँ आफैले सञ्चारकर्मीलाई आफू भाजपा र नेपालका राजनीतिक दलसँग सम्बन्ध बनाउन आएको भनि प्रतिकृया दिनुभएको थियो । यद्यपी उहाँले जसपासँग सम्बन्ध विगारेर जानुभएको कतिपयको बुझाई रहेको छ ।

जानकारहरुका अनुसार चौथाइवाले नेपाल भ्रमणमा त्यतिकै आउनु भएको होइन, उहाँ कुनै विशेष मिसनका साथ नेपाल आउनु भएको हो । जसको असर केही दिनमै देखिनेछ । यसअघि पनि उहाँ एमालेका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आउनु थियो । । त्यतिबेला नेकपामा विवाद चर्किएको थियो । तत्कालिन नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताहरुले ओलीको चर्को विरोध गर्दै राजिनामा मागि रहनु भएको थियो । त्यो बेला चौथाईवालेको नेपाल भ्रमणले चर्चा पाएको थियो । प्रचण्ड र माधवकुमार नेपालको चर्को दवावका वावजुद पनि ओलीले राजिनामा दिनु भएन बरु नेकपा विभाजन भयो ।

यसपाली के हुने हो त्यसको परिणाम आउन बाँकी नै छ । त्यतिबेला आउँदा उहाँले तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोली, पार्टीका महासचिव विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्वसभामुख सुवास नेम्वाङसँग भेट्नु भएको थियो । तर प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु भएको थिएन । जब कि त्यतिबेलाको नेकपाको विदेश विभाग प्रमुख माधवकुमार नेपाल हुनुहुन्थ्यो । तत्कालिन जसपाका तत्कालिन अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि भेट्नु भएको थियो । सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले भेट्नु भएको थिएन ।

यसपटक पनि जसपाका अध्यक्ष यादव र भट्टराईलाई भेट्नु भएन । यसले गर्दा भाजपाले उपेन्द्र यादव र डा.बाबुराम भट्टराई अर्थात जसपासँग सम्बन्ध बनाउन नचाहेको सन्देश दिएको हो । यसअघिको ‘मिसन’ नेकपा विभाजन थियो भने यसपालीको भ्रमण नेपालका दलहरुसँग सम्बन्ध बनाउनु हो, यदि त्यस्तो थियो भने नेपालका सबै दलसँग उहाँले भट्नु भयो तर एउटा मात्र दल जसपा नेपालका उपेन्द्र र बाबुरामसँग नभेट्नुले नेपाली राजनीतिमा ठूलो अर्थ राख्दछ ।

उहाँले आफ्नो भ्रमणको क्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, काँग्रेसका नेता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँर, एमालेका नेता विष्णु पौडेललाई भेट्नु भएको थियो ।

जसपका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई किन नभेटेको भन्दै मिडियामा विभिन्न रुपमा प्रस्तुत भइरहेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भाजपाका नेता नेपाल भ्रमणमा आउनु भएको कुरा आफ्नो जानकारीमा नरहेको बताउँदै नेताहरुको आउने जाने भइरहेका हुन्छन् सबैलाई भेट्नैपर्छ भने छैन बताउँदै यो भेटघाटलाई अनावश्य रुपमा चर्चा भइरहेको बताउनुभयो । भारतबाट नेपालमा हरेक दिन कोही नकोही नेता आइरहनु हुन्छ, सबैलाई भेट्नैपर्छ भने होइन, सबै आआफ्नो कामले आउनु हुन्छ र काम सकाएर जानु हुन्छ, यो नर्मल कुरा हो, यसलाई समान्य रुपमा लिनुपर्छ, उहाँले भन्नुभयो ।

पछिल्लो समय जसपा नेपाल र भाजपाबीच राम्रो सम्बन्ध छैन, उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनमा भारतको हात रहेको कुरा पटक पटक भन्दै आउनु भएको छ ।

भारतले भनेका कतिपय कुरा उपेन्द्र यादवले नमानेको कुराले भारतका सत्ताधारी दल भाजपा रिसाएको हुनुपर्छ । जस्तै, सरिता गिरीलाई पार्टीबाट निष्काशन गर्नु, सांसद प्रदीप यादवलाई कारवाही गर्नु, चिनियाँ राजदूतसँग पटक पटक गोप्य ढंगबाट भेट्नु, भारतबाट आएका नेता तथा उच्च पदस्थ पदाधिकारीहरुलाई महत्व नदिनु, भेट्नबाट पन्छिनु जस्ता कुराले भारत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग त्यति गहिरो सम्बन्ध बनाउन नचाहेको भारत निकट जानकारहरु बताउँछन् । त्यही भएर होला, यसपटक पनि चौथाइवाला आउँदा जसपाका नेताहरुलाई भेट्न मान्नु भएन ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पनि भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउनु भएको थियो । त्यतिबेला चौथाईवालेले उपेन्द्र यादवसँग भेट्ने चाहना गर्नुभएको थियो तर त्यो बेला पनि उहाँ बाहना बनाएर भेट्नु भएन । उहाँ त्यो दिन उपत्यका बाहिर जानु भएको थियो । यसपटक पनि चौथाईवाला नेपाल आएपछि उहाँ पार्टीको कार्यक्रम लिएर उपत्यका बाहिर जानु भयो । उपेन्द्र यादव अहिले पनि जसपा विभाजनमा भारतको हात रहेको कुरा पटक पटक भन्दै आउनु भएको छ ।

यता भट्टराई र चौथाइवाले बीचमा राम्रो सम्बन्ध छैन । पछिल्लो समय उहाँहरूको बीचमा दुईपटक ट्वीटरमा सवाल जवाफ छ । साउन ६ गते चौथाइवाले र भट्टराई बीचमा ट्वीटरमा सवाल–जवाफ भएको थियो । भट्टराईले सुरुमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुधअर्पण गरेको तस्विलाई ट्वीट गर्दै लेख्नु भएको थियो, ‘आस्था खतरनाक चिज हो । यसले तिमीलाई दुध फाल्ने र पिसाब खाने बनाउँछ ।’

उक्त ट्वीटको जवाफमा चौथाइवालेले ‘प्रिय बाबुराम जी, तपाई र तपाईका साथीहरूले हिन्दुको आस्थालाई परम्परालाई इदको अवसरमा समेत होच्याउछन् ।’ त्यसको दुई दिनपछि भट्टराईले धर्मको बारेमा उल्लेख गर्दै लेख्नु भएको थियो । जसको जवाफमा फेरि चौथाइवालेले ‘जोक अफ द इयर’ उल्लेख गर्दै भट्टराई जस्तो हिन्दु परम्परालाई केही दिनअघि दुव्र्यवहार गर्नेले धर्मको उपदेश दिएकोमा व्यंग्य गर्नुभएको थियो ।

जेठ १५ गते भारतको पत्रिका ‘द हिन्दु’ मा लेखेको लेखमा भट्टराईले नेपालको अन्तरिक राजनीतिमा भारत र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले हस्तक्षेप गरेको उल्लेख गर्नुभएको थियो । त्यसपछि चौथाइवालेले भट्टराईलाई ट्वीटरमा मेन्सन गर्दै लेख्नु भएको थियो, ‘नेपालको आन्तरिक राजनीतिमा भट्टराईले जे पनि टिप्पणी गर्न स्वतन्त्र छन् । तर लेखमा आरएसएस र भारतमाथि उनको टिप्पणीले उनी अहिले पनि आफ्नो सपनाको भूमि जेएनयू (जवाहरलाल नेहरू विश्व विद्यालय) मै बसिरहेका जस्ता छन् ।’

भट्टराईले आफ्नो असफलतालाई आफूबाहेक अरु सबैलाई अरोप लाइरहेको चौथाइवालेले उल्लेख गर्नुभएको थियो । संघीय परिषद्का अध्यक्ष भट्टराईले भारतको बारेमा धर्मसँग जोडेर जथाावी लेख्न थालेपछि भाजपा विजकिएको हो । भाजपा उपेन्द्र यादवमाथि त्यति असन्तुष्ट छैन । किनभने अध्यक्ष यादवले पार्टीको विचार र सिद्धान्तमा आफ्नो लाइनअनुसार गर्नुभएको हो र बोल्नु भएको हो त्यसले भाजपालाई खासै फरक पर्ने छैन तर डा.भट्टराईले आरएसएसको नामै लिएर टिप्पणी गर्नुभएको छ ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री जो भाजपाका नेता हुनुहुन्छ, उहाँको फोटो राखेर टिप्पणी गर्नुभएको छ । आएएसएस भारतको सबैभन्दा ठूलो संगठन हो । यो संगठनले भाजपा चलाएको छ । भाजपा हिन्दु धर्मका लागि काम गरिरहेको छ । त्यस अवस्थामा हिन्दु धर्म, आरएसएस भनेर नै टिप्पणी गर्छ भने यो सबैका लागि असहय हुने जानकारहरु बताउँछन् ।

उपेन्द्र यादवले यदि भारतको विरोध गर्नुभएको हो, भाजपाको होइन । भारतले भनेको कुरा सबै मान्नुपर्छ भने पनि होइन । सरिता गिरीको कारवाही गर्नु पार्टीको आन्तरिक कुरा हो । कोही भारत आएपछि भेट्ने नभेट्न कुरा आफ्नो निजी मामिला हो । यसमा कसैले किन भेटेन भन्न मिल्दैन तर त्यही डा.भट्टराईले टिप्पणी गरेको आलोचना गर्दा संगठन वा व्यक्ति तोकेर नै गर्नुभएको छ । हिन्दु धर्मलाई कसैले विरोध गर्छ भन्ने कुरा भाजपालाई स्वीकार हुँदैन, हिन्दु धर्मका लागि यत्रो वर्षदेखि संघर्ष गर्दै आएको हो । आज कसैले हल्का टिप्पणी गरेर त्यसको मजाक बनाउँछ भने कसैले स्वीकार गर्दैन ।

तपाईको प्रतिक्रिया