महन्थ ठाकुर नेतृत्वको लोसपाले मुख्यमन्त्री राउतको राजिनामा माग्ने

काठमाडौँ असोज १८ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गर्ने भएको छ । जनकपुरमा आज बसेको लोसपा प्रदेश २ का संसदीय दलको बैठकमा मुख्यमन्त्री राउतको राजिनामा माग गर्ने विषयले प्रवेश पाएको छ ।

साइकल वितरणलगायत मुख्यमन्त्रीको अन्य कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग आयोगले छापा मारेपछि लोसपाले पनि मुख्यमन्त्री राउतको राजिनामाको विषयलाई जोडतोडले उठाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने कुरा बैठकमा उठेको हो, त्यसमा व्यापक छलफल भएको छ, छलफलमा हरेक प्रदेससभा सदस्यहरुले राजिनामा दिनुपर्ने पक्षमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री एउटा व्यक्ति होइन, एउटा संस्था हो, त्यो संस्थासँग हामी तपाई सबैको गरिमा जोडिएको छ, आयोगले छापा मार्दा त्यसको गरिमामा असर परेको छ, त्यसैले मुख्यमन्त्री राउतले राजिनामा दिएर मार्ग प्रशस्त गरि दिनुपर्छ, उहाँले भन्नुभयो, हामीले असोज २० गते मुख्यमन्त्री राउत प्रदेशसभामा कसरी प्रस्तुत हुनुहुन्छ, त्यो पनि हेर्छौं, त्यहाँ पनि उहाँको हामीले राजिनामा माग गर्छौ ।’

मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता तथा नेताहरुले आयोगको विरुद्धमा प्रदर्शन गरिरहेका छन् ।

यसअघि यसअघ पूर्व राजपा र समाजवादी पार्टीको संयुक्त सरकार थियो । राजपा र समाजवादी मिलेर जसपा बनेपछि सो पार्टीले सरकारको नेतृत्व गरिरेहेको थियो । जपाका तत्कालिन अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आन्तरिक विवाद सुरु भएपछि तत्कालिन राजपाका एकमन्त्री र अन्य चार राज्यमन्त्रीलाई सरकारबाट हटाइएको थियो ।

जब जसपा विभाजन भएर लोसपा बन्यो अनि पार्टीबीच एकीकरण भएपछि जसपा बनेको थियो । जसपाले सरकार सञ्चालन गरिरहेको थियो । अहिले लोसपा प्रदेश २ को सरकारको प्रतिपक्षि दल भएको छ ।

तपाईको प्रतिक्रिया