माओवादी केन्द्रको महाधिवेशनमा दलका नेताहरुलाई निमन्त्रणा, ओली सहभागी नहुने

काठमडौँ पुस ११ गते । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा (माओवादी केन्द्र) ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ ।आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा आयोजना हुुने उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ ।

यद्यपी ओली सो कार्यक्रममा सहभागी नहुने भएको छ । उहाँले झापामा रहनु भएको छ । झापाको कार्यक्रममा व्यस्त रहेको कारण सहभागी नहुने उहाँले जानकारी गराइएको छ ।

उद्घाटनसत्रमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष ओलीलाई टेलिफोन गरेर आग्रह गर्नुभएको थियो । फोनमा एमाले अध्यक्ष ओलीले आफू झापामा रहेको भन्दै सकेसम्म आफू नै आउने र सम्भव नभए महासचिव पोखरेल सहभागी हुनुहुने जानकारी गराउनुभएको थियो ।

उद्घाटनसत्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पनि आमन्त्रण गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत पार्टीका नेतालाई अतिथिका रुपमा बोलाइएको प्रवक्ता महराले जानकारी दिनुभयो । यसअघि राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने निर्णय भएकामा त्यसलाई महाधिवेशनमा रुपान्तरण गरिएकाले अतिथि बोलाइएको माओवादीको भनाइ छ । महाधिवेशनमा रुपान्तरण गरिएकाले १ बजेका लागि पूर्वनिर्धारित उद्घाटन समारोह ३ बजे आयोजना गरिने भएको छ ।

तपाईको प्रतिक्रिया