ब्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिरेको छ–राजकिशोर यादव

काठमाडौं फागुन १५ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संसदमा आफ्नो धारणा राख्दै उहाँले व्याख्यात्मक घोषणाको कानुनी औचित्य के हुन्छ भन्नेमा अन्योल भए पनि अमेरिकाले यसलाई स्वीकार गर्नेमा विश्वास देखाएको बताउनुभयो । यसले सत्ता गठबन्धन जोगिएको बताउँदै उहाँले कतिपय नेताहरुले भ्रमको खेती गरेको र यसबाट मुक्त हुनका लागि व्याख्यात्मक घोषणा महत्वपूर्ण रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया