जसपालाई फुटबाट जोगाउन अभियान सुरु, पहिलो बैठक सनसिटीमा

काठमाडौँ असार २७–जनता समाजवादी पार्टी नेपाललाई फुटबाट जोगाउनका लागि सो पार्टीका कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेशका प्रदेशसभा सदस्य रामनरेश राय यादवले अभियान चलाउनु भएको छ ।

जसपाको दुई गुट उपेन्द्र यादव र बाबुराम भट्टराईको छुट्टा छुट्टै बैठक बस्न गइरहेको छ र सो बैठकले अन्ततः जसपा विभाजन हुने देखिएपछि सो अभियान चलाइएको हो । नेता रामनरेश यादवले भन्नुभयो, ‘भोलीदेखि दुवै पक्षको बैठक सुरु हुने भएको छ, सो बैठकमध्ये म कुनै पनि बैठकमा जान्न ।’

विभाजनका लागि बस्न लागेको बैठकमा आफ्नो सहभागित नरहने बताउँदै उहाँले आफू जसपाको एकताका लागि प्रयास थालनी गरेको बताउनुभयो । आफूले जसपाका अध्यक्ष बाबुराम भट्टराईदेखि महेन्द्र राय यादवसम्मसँग कुराकानी गरिसकेको र भोली उपेन्द्र यादवसँग पनि गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, असलमा केही नेताले मात्र पार्टी विभाजन चाहेका छन्, अधिकाँश नेता तथा कार्यकर्ताहरु पार्टी विभाजनको विपक्षमा रहेका छन् । र, जसपालाई एकीकृत राख्नका लागि अभियान सुरु भएको बताउनुभयो ।

अभियान सञ्चालनका लागि पहिलो बैठक आज पेप्सीकोलामा रहेका सनसिटी अपार्टमेन्ट बसेको थियो ।

 

तपाईको प्रतिक्रिया