जसपा मधेश प्रदेशको विस्तारित बैठक सुरु

महोत्तरी साउन १३ गते । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारीत बैठक आजदेखि महोत्तरीमा सुरु भएको छ । बैठकमा चुनावी समिक्षादेखि अगामी चुनावका लागि रणनीति बनाउनु साथै संगठन विस्तार लगायतको विषयमा छलफल हुने बताइएको छ ।

सो बैठकले मधेश प्रदेशको स्थानीय तहमा चुनाव जितेका प्रतिनिधिहरुलाई सम्मान पनि गरेको छ । कार्यक्रमको प्रमुख अतिथी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया