लोसपाका गुप्ता एमालेमा प्रवेश

सहारा टाइम्स

काठमाडौँ साउन २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय नेता अजयकुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) का ले आज रौतहटको गौरमा आयोजित कार्यक्रममा उहाँ एमाले प्रवेश गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथी एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली हुनुहुन्थ्यो । त्यस्तै लोसपाका अर्का नेता एवं सविधानसभा सदस्य चन्दन साह पनि सो पार्टीमा प्रवेश गरेको एमालेका नेता प्रभु साहले बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्तालगाय कांग्रेस, माओवादी केन्द्र, लोसपा, नेकपा (एस), जसपा लगायतका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया