प्रतिनिधिसभा समानुपातिकका लागि ४८ दलले बुझायो उम्मेदवारको सूची (दलको विवरण)

काठमाडौँ असोज ४ गते । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ वटा राजनीतिक दलले सोमवारसम्म उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई असोज २ र ३ गतेको समय दिएको थियो ।

आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएको आयोगले बुझाएको छ । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।

तपाईको प्रतिक्रिया