पर्सा २ मा अजय चौरसिया विजय

पर्सा मंसिर ७ गते । नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया पर्सा २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव जित्नु भएको छ ।

उहाँले २८ हजार ४५१ मत ल्याउनु भएको छउ भने उहाँका निकटम प्रतिद्वन्दी जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीले २२ हजार ४४५ मत प्राप्त गर्नुभएको छ । कुर्मीलाई ६ हजार ६ मतान्तरले पराजित गर्दै चौरसिया विजयी हुनु भएको छ ।

राप्रपाका नरेश कुमार साहले २ हजार ७४१ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९७१ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया