पार्टी एकता बारे छलफल गर्न नेसपाको बैठक बस्दै

काठमाडौँ पुस २४ गते । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ ।

बैठकमा पार्टी एकता लगायत विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो । साथै संवादको लागि संवाद समिति पनि गठन नेसपाले गठन गर्ने गर्नेछ ।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको सङ्गठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय , आगामी रणनीति लगायत एजेन्डाहरूमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया