रौतहट कात्तिक ८ गते । बन्द र नाकाबन्दीलाई उलघंन गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज भेडियाही गाविस नजिकको सहायक राजमार्गमा पिकअप भ्यानमा आगजनी गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मोर्चाका कार्यकर्ताले बा५च २२८८ नंको पिकअप भ्यानमा आगजनी गरेका हुन् । सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ किराना सामान लिएर आउँदै गरेको भ्यानमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया