![]() |
| सांकेतिक फोटो |
महोत्तरी कात्तिक ८ गते । महोत्तरीको जलेश्वरमा गत भदौ २३ गते प्रहरीको गोली लागी ज्यान गुमाएका जलेश्वर नगरपालिका–१४ का अमित कापरका परिवारलाई आज मधवा गाउँका बासिन्दाले आर्थिक सहयोग प्रदान गरेका छन् ।
मधवाका सुदीपकुमार झा, राजेशकुमार झा, दिलीप मिश्र, सन्दीप झालगायत युवाले सम्पूर्ण गाउँबाट चामल र पैसा सङ्कलन गरेर कापर परिवारलाई सहयोग गरेका हुन् ।
मधवावासीले कापर परिवारलाई रु १० हजार ८२१, डेढ क्विन्टल चामल र १० किलो दाल प्रदान गरेका हुन् ।
मधेस आन्दोलनका क्रममा महोत्तरीको सदरमुकाम जलेश्वरमा भदौ २३ र २५ गते प्रहरीको गोली लागी छ जना मारिएकामा अमितकुमार कापर सबैभन्दा गरिब परिवारका थिए ।



तपाईको प्रतिक्रिया