एजेन्सी, मुम्बई, भारतीय बाँलीबुड सिनेमाका चर्चित अभिनेता धमेन्द्रका भाई अजित देओलको शुक्रबार निधन भएको छ । धर्मेन्द्रको भाई अजितका छोरा अभय देओल पनि बलिउड अभिनेता नै हुन् ।
थुप्रै पञ्जावी चलचित्रमा काम गरिसकेका अजित पछिल्लो केही समय यता बिरामी थिए । उनलाई सनरिज्स अस्पतामा भर्ना गरिएको थियो । तर एक महिनाको उपचारका बाबजुद पनि उनको रोग निको हुन सकेन ।
अजितले प्राण त्याग्नुअघि धमेन्द्र, सन्नी देओल र अजय देओल उनीसँगै थिए । बबी देओलको डेब्यु हिट चलचित्र वसरातमा अजितले पनि अभिनय गरेका थिए ।



तपाईको प्रतिक्रिया