Khadya Bibhag

प्रहरी कार्यालयमा लगेर कुटे झालाई

फोटोः प्रदीप पाठक

  काठमाडौ कात्तिक ४ गते । तराई मधेशमा जारी आन्दोलनकै क्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य डा.सुरेन्द्रकुमार झालाई प्रहरीले कुटपीट गरेको छ ।

तमलेपाले जनाए अनुसार नेता झालाई प्रहरी कार्यालय लगि कुटपीट गरेको छ । त्यसरी कुटपिट गरेकोमा सो पार्टीका युवा, विद्यार्थी, प्राध्यापक, बुद्धिजीवि संघले आज एक विज्ञप्ति जारी गरी प्रहरीको सो कार्यप्रति आपत्ति जनाएको छ ।

प्रहरीको सो कार्यलाई गुण्डागर्दीको शैली भनेको छ । साथै झालाई कुटपीटमा संलग्न प्रहरीलाई कडा कारवाहीको माग गरेको छ

विज्ञप्ति जारी गर्नेमा डा. उदय किशोर तिवारी अध्यक्ष रहेको लोकतान्त्रिक प्राध्यापक संघ, उदय चन्द्र मिश्र, का.वा. अध्यक्ष रहेको लोकतान्त्रिक बुद्धिजीवि संघ, मनिष मिश्र महासचिव रहेको तराई–मधेश विद्यार्थी फ्रन्ट, कामरेन्द्र वर्मा सह–महासचिव रहेको तराई–मधेश युवा फ्रन्ट रहेको छ ।

तपाईको प्रतिक्रिया