सुनसरी कात्तिक ३ गते । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानले सबैको माग समेटेको दाबी गर्दै केही त्रुटि भए त्यसलाई राजनीतिक सहमतिका आधारमा सच्याउन सकिने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेसले आज आयोजना गरेको चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधान गतिशील भएकाले त्यसमा जायज मागलाई समावेस गरी संशोधन गर्न सकिने बताउनुभयो ।
उहाँले सङ्घीयता, नागरिकता प्रावधान र शासन प्रणाली उत्कृष्ट रहेको जिकिर गर्दै शिशु अवस्थामा रहेको संविधानलाई हुर्काउने जिम्मेवारी सबै राजनीतिक दलको भएको टिप्पणी गर्नुभयो ।



तपाईको प्रतिक्रिया