दाङ, असोज ३० गते । तुलसीपुरबाट सल्यानको गांडापानीतर्फ जाँदै गरेको जिप किउरेनीमा पल्टिँदा जिप चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।
रा१ज ४६२ नम्बरको यात्रुबाहक जिप शुक्रबार बेलुका धनवाङ गाविस–४ को किउरेनीमा सो दुर्घटना भएको हो ।
राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिप चालक धनवाङ गाविस–७ का मानबहादुर घर्ती र धनवाङ गाविस–८ निवासी पुष्पा डांगी रहेका छन् ।
सो दुर्घटनामा परी घाइते भएका ११ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।



तपाईको प्रतिक्रिया