काठमाडौ असोज २८ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराले क्षेत्र नं. ६ अन्तर्गत भाडहा चौकमा विरोधसभा सम्पन्न गरेको छ।
सभालाई सम्बोधन गर्दैै मोर्चाका नेताहरुले जारी मधेस आन्दोलको क्रममा शहिद भएकाहरु प्रति श्रद्धासुमन व्यक्त गर्दै यसपालिको मधेस आन्दोलन वार पारको लडाई भएको भन्दै मधेसको स्वाभिमान, अधिकार र पहिचानका लागि हरेक मधेसीले आ आफ्नोतर्फ भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
मधेसको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने मोर्चाका नेताहरुले बताए ।
तपमलोपा बारा क्षेत्र नं. ६ का क्षेत्रिय अध्यक्ष हरिचन्द्र चौधरीको सभापतित्वमा सम्पन्न सभामा तमलोपाका केन्द्रिय सदस्य परहंस केसरी, साहसिक महिला नेतृ पिंकी यादव, युवा फ्रन्टका केन्द्रिय सदस्य इन्दु गुप्ता, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं पुर्व सभासद प्रमोद गुप्ता, केन्द्रिय सदस्य रामकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी बाराका सचिव प्रसाद साह, तराई मधेस सदभावना पार्टीका बारा अध्यक्ष धर्मेन्द्र यादव, तराई मधेस राष्ट्रिय अभियान बारा संयोजक शिवनाथ पटेल लगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।



तपाईको प्रतिक्रिया