Khadya Bibhag

सरकारमा महराले नेतृत्व गर्ने निश्चित

काठमाडौँ,असोज २८ गते ।  निकै लामो रस्सा–कस्सीपछि पनि एमाओवादीले आफ्नो तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयको टुङ्गो लगाउन सकेको छैन ।
बिहीबार बसेको एमाओवादी स्थायी समितिको बैठकमा महासचिव कृष्णबहादुर महारा, सचिव टोपबहादुर रायमाझी र  स्यायी समिति सदस्य गिरीराजमणि पोख्रेल मध्ये एकले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिए ।
‘एमाओवादीबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल भयो,’ स्रोतले भने, ‘स्थायी समितिले मन्त्रीहरु छान्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।’ उनले बैठकले सभामुखमा  ओनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको पनि जानकारी दिए ।  घर्ती निवर्तमा उपसभामुख एव्म एमाओवादी नेता वर्षमान पुनकी श्रीमती हुन् ।
एमाओवादीकै एक नेताले भने उपप्रधानमन्त्रीको हैसियतमा सरकारको नेतृत्व महराले गर्ने निश्चित भएको जानकारी दिए । एमाओवादीबाट सरकारमा नेतृत्व गर्ने गरी गएको व्यक्तिले उप–प्रधानसहित गृह मन्त्रालय पाउने निश्चित छ ।
गृहमन्त्रीका लागि एमाओवादीमा रायमाझी र पोख्रेलले पनि दाबी गरेका छन् । तर, प्रचण्डलाई नै मन्त्रीहरु छान्ने अधिकार दिएपछि महराले सरकारको नेतृत्व गर्ने निश्चित जस्तै भएको छ । रायमाझी बाबुराम भट्टराई निकट मानिन्छन् भने पोख्रेल नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।

तपाईको प्रतिक्रिया