उर्मिला यादव
नवलपरासी असोज २६ गते । नवलपरासीको गोपिगन्ज जमुनिया ४ मा धारीलो हतियार प्रयोग गरी श्रीमतिद्धारा श्रीमानकोे हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय परासीका अनुसार मृत्यु हुनेमा कुशि नगर पडेरौना उत्तर प्रदेश भारत घर भएका र हाल गोपिगन्जमा मासु पसल गर्दै आएका ४५ वर्षीय मोम्मद हारुन रहेका छन् ।
मोहम्द हारुनलाइ आफनै श्रीमति आलम आरम हारुनले रक्सी खादै घरायसी विवाद भएपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।


तपाईको प्रतिक्रिया