लहान, असोज २४ गते । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका ४८ जना शहिदको लहानको शहिद चौकदेखि सडक कार्यालयसम्म सडकको बीचमो सांकेतिक लास राखेर जुलुस प्रदर्शन गरेका छन् ।
काठमाडौंमा प्रधानमन्त्री चयनको प्रक्रिया शुरु हुनै लाग्दामा यस्तो प्रकारको जुलुस प्रदर्शन गरि विरोध गरेका छन् । आइतवार विहान लहानका युवाहरुले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका ४८ जना शहिदहरुको सांकेतिक लाश सडकमा राखेर विरोध गरेका हुन । ५६ दिन देखि जारी आन्दोलन को बारेमा अझै सरकार अन्धो र बहिरोको रुपमा रहेको जनगुनासो आइरहेको बेला सांकेतिक लाशहरुलाई सडकमा राखेर विरोध गरेका हुन ।







तपाईको प्रतिक्रिया