Khadya Bibhag

शनिवार प्रधानमनत्री उम्मेदवारीको दर्ता हुदैँ

काठमाडौं, असोज २२ गते । व्यवस्थापिका संसदले आइतबार प्रधानमन्त्री निर्वाचन गर्न शुक्रबारै प्रक्रिया अघि बढाउने भएको छ ।
राष्ट्रपतिले राजनीतिक सहमतिका आधामा सरकार बन्न नसकेपछि शुक्रबार संसदलाई बहुमतका आधारमा प्रधानमन्त्री चुन्न औपचारिक पत्राचार गर्दैछन् ।
संविधान अनुसार सहमतीय सरकार गठनका लागि तोकिएको सात दिनको समय बिहीबार सकिएको छ । प्रधानमन्त्रीको लागि शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने बुझिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया