Khadya Bibhag

इन्धनको कमिले जनजीवन प्रभावित

काठमाडौँ, २० असोज । भारत सरकारले गरेको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ बोकेका सवारी साधन नेपालमा भित्रिन नसकेपछि उपत्यका आउने र बाहिरिने सवारी साधनमा कमी हुन थालेको छ ।
तेलको सहज आपूर्ति हुँदा दैनिक सात हजारको हाराहारीमा सवारी साधन भित्रिने, बाहिरिने गरेकामा तेल अभावपछि दैनिक तीन हजारको हाराहारीमा मात्र सवारी साधन भित्रिने, बाहिरिने गरेको महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गतवर्ष यो समयमा ५० हजारको हाराहारीमा यात्रुहरु उपत्यका बाहिरिने गर्दथे तर अहिले ३० हजारको हाराहारीमा मात्र उपत्यका बाहिरिएका छन् ।”
ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिएर गन्तव्यतर्फ लैजाँदै गरेको भन्दै १३ ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ ।
सरकारी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणालीमा कडाइ गरेपनि निजी सवारी साधनलाई भने कडाइ नगरेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया