उर्मिला यादव
नवलपरासी असोज १८ गते । नेकपा एमाले नवलपरासीले संबिधान जारी भएको अबस्थामा आफ्ना जिल्ला तहका अगुवा कार्यकर्तालाई दुई दिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । एमाले नवलपरासीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । भेला भन्दा अगाडि सबै क्षेत्रको बैठक सक्ने तयारी गरी मातहतका कमिटिहरुलाई निर्देशन गर्ने काम भइरहेको एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले बताउनु भएको छ ।
संबिधान अग्रगामी भएकाले सबै तहका कार्यकर्ता र नागरिकलाई बुझाउने प्रयास स्वरुप एमालेले दुई वटा क्षेत्रमा एक एक दिनको प्रशिक्षण राखेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज तिलक महतले जानकारी दिनु भयो ।
सदरमुकाम र नवलपुर क्षेत्रमा प्रशिक्षण गछौं त्यसका लागि २० गते एमाले जिल्ला कमिटिको विस्तारित बैठक हुन्छ अध्यक्ष गाहाले भन्नु भयो । संबिधान निर्माणमा एमालेले गरेको अगुवाइ र अब एमालेले नेतृत्व गर्ने राष्ट्रिय सरकारको अभिभाराका बारेमा प्रशिक्षण हुने जनाइएको छ ।
अहिलेको संबिधानले दिएको अधिकारका बारेमा जनतालाई बुझाउने र मधेशमा भइरहेको आन्दोलनका जाहेज मागहरुका बारेमा सरकारले एकीन गरी सम्बोधन गर्न बैठकले आग्रह गरेको अध्यक्ष गाहामगरले बताउनु भयो



तपाईको प्रतिक्रिया