Khadya Bibhag

नाकाबन्दी खुलेको छैन–महतो

पर्सा असोज १७ गते । भारतले नाकाबन्दी खोल्यो, भारतले नकाबन्दी खोल्ने निर्देशन दियो जस्ता हल्ला हिजोदेखि काठमाडौलगायत देशका विभिनन ठाउँमा भएको छ तर त्यो भ्रामक समचार हो, भ्रामक हल्ला त्यसको पछि नलाग्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका अधयक्ष राजेनद्र महताले आग्रह गरेको छ ।

आज वीरगञ्जमा पत्रकार सम्मेलन गरी उनले  नाकाबन्दी जारी रहेको छ तर काठमाडौंको मिडियाले भ्रम फैलाएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले ‘नाकाबन्दी हामीले गरेको हो, र हामीले फिर्ता गरेकै छैनौं, धर्नामा दिनप्रतिदिन सहभागिता बढ्दो छ, भारतले नाकाबन्दी खोल्न निर्देशन दियो भने कुरा कहाँबाट आयो भन्दै उनले त्यस्ततै वार्ता हुँदैछ भन्ने भ्रम पनि फैलाउने काम भइरहेको अरोप लगाए ।
 सरकार र तीन दलले गैरजिम्मेवारीपनाको पाराकाष्ठा नाघेको बताउँदै उनले यतिबेला देशको समस्या छोडेर अर्को सरकार र कुर्सीको बाँडफाँडमा लागेको र त्यो निकै आपत्तिजनक कुरा रहेको बताए ।

तपाईको प्रतिक्रिया