गोविन्द महतो (दर्शन)
बन्दुकको नाल र बुलेटको भरमा संविधान जारी गरेर भ¥याङ (सिढी) चढेको सरकार र शीर्ष तीन दलका नेताहरु अब भने भ¥याङ (सिढी) चढ्न साह्रै गाह्रो भए जस्तो छ । आफ्दै देशमा एकतिर मातम मनाईरहेको बेला अर्को तिर दीपावली मनाईरहेका सरकारलाई बुलेटको आवज भन्दा जनताको आवाज कति बुलन्द हुँदो रहेछ भन्ने कुरा ७÷८ दिनम प्रष्ट भए होला ।
हालसम्म तराई मधेशमा चलिरहेको अधिकार प्राप्तिको आन्दोलनमा चार दर्जन भन्दा बढी मान्छे मारिएका छन् । आजकल हरेक दिन तराई मधेशका जिल्लाहरुमा टायर बल्छन् । शीर्ष नेताहरुको पुत्ला दहन हुन्छ । कति प्रदर्शनकारी घाईते हुन्छन् । कति हेर्दा हेर्दै गोलीको सिकार बन्छन् । यो मृत्युको श्रृंखला अझै पनि जारी छ । कतिबेला कहाँ, कुन ठाउँमा झडप हुन्छ र मान्छे मारिन्छन् भन्न गाह्रो छ ।
सुदूरपश्चिमको थरुहट क्षेत्र कैलालीको टिकापुरबाट सल्किएको आगो पूर्व तराईको जिल्लाहरु पर्सा, रौतहट, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ्ग, तथा अन्य जिल्लाहरुसम्म पुगेको छ । तराईको अधिकाँस जिल्लाहरुमा दनदनी आगो बलिरहेको छ । तराईका कतिपय जिल्लामा मानिसहरु आगो भएका छन् । त्यस्तै पूर्वी पहाडी जिल्लाहरु पनि शान्त रहेको छैन । त्यहाँका आदिवासी जनजातिहरु पनि आन्दोलनमा होमिएका छन् । भने यता काठमाडौंलाई तराईको आगोको रापतापले खासै नछोए पनि विगत ७ दिन देखिको भारतीय सिमा नाकाबन्दीले प्रत्यक्ष असर पारेको छ ।
सिंहदरबार, बानेश्वर र बालुवाटारलाई थोरबहुत छोएको अधिकार प्राप्तिको आन्दोलनले सिमा नाका बन्द हुँदा भने राजधानी काठमाण्डौंको कान ठाडो–ठाडो हुन थालेको छ । त्यो आगोले पोल्ने गरी छोएको छैन सायद । तराईमा यस भन्दा पहिले उठेको एक झिल्कोले सारा देश जलाउन सक्छ, भन्ने नेताले नबुझेको होइन, तर पनि अबुझ जस्तै तमासा हेरेर बसेका नेताहरुलाई सिमा नाकाबन्दीले ठूलै असर पारेको देखिन्छ । तराई मधेशको सिमावर्ती क्षेत्रहरुमा गरिएको नाकाबन्दीले सोझै ओलीको बोली बन्द हुन पुगेको छ ।
तराई मधेश डेढ महिनादेखि बन्द छ । दैनिक जीवन यापन गर्न अत्यन्त कष्टप्रद भएको छ । अस्पतालमा औषधिको अभाव हुन थालेको छ । मानिसहरुको घरमा चामल अभाव हुन थालेको छ । बैंकमा पैसा छ, तर हातमा आउदैन । तर सरकारलाई केही वास्ता छैन । तराईमा आगो बलिरहेको बेला काठमाण्डौं भने कुम्भ कर्णको निन्द्रामा मस्त देखिन्छ । राज्यको सबै शक्ति लगाएर काठमाडौंमा अभाव हुन नदिइए पनि नाका बन्द हुँदा ठूला ठूला भाषणवाजी गर्ने तीन ठूला दलको नेताहरुको पसिना तलबाट निस्कन थालेको छ । तराईमा भर्खर सात दिनदेखि नाका बन्द हुँदा काठमाण्डौंको यो अवस्था भयो, अझै केही दिन यस्तै अवस्था जारी रहे काठमाडौं कति दिन मस्त रहन सक्छ र ?
भनिन्छ रातमा मानिसलाई ऐठन हुन्छ तर हाल तराईमा मानिसहरु सुत्दा, उठ्दा, ब्रस गर्दा, खाना खाँदा समेत आन्दोलनलाई अगाडी बढाउने कुरा मात्रै गर्छ । यो आन्दोलनको कुनै सिमा छैन । जबसम्म सरकारले आफनो ऐंठन कायम राख्छ, तबसम्म मान्छेले सजिलै सरकारलाई छोडने संकेत मिल्दैन् । तराई मधेशका आन्दोलनकारीहरु कहिल्यै झुक्न जानेको छैन र झुक्दैन पनि । तत्काल अधिकार प्राप्तिको आन्दोलनलाई सरकारले खुकुलो बुझे पनि देशको खुकुलो हुने तत्काल संभावना देखिएको छ्रैन । अब त्यसको असर काठमाडौंलाई पनि प्रत्यक्ष पर्दै गएको छ ।
सुरक्षाकर्मीको स्कर्टिङमा दैनिक उपभोग्य सामान रातारात भित्र्याई रहेको बेलामा एक हिसाबले काठमाडौबासी तराईको ‘रमिते’ बन्न बाध्य थिए । तर, अहिले मेला हेर्न उनीहरु पनि पछि परेका छैनन् । तराई मधेशसँग गद्दारी र हेला गरेको मधेशी मूलका मानिसहरुको दम्भ उनीहरुले पनि आँकल गर्न थाले अब सायद ।
शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु दैनिक तराईमा बढ्दै गइरहेको मृत्युको हिसाब किताब निकालेर राजनीतिक दाउपेचमा व्यस्त छन् । महोत्तरीमा प्रदर्शनको क्रममा सशस्त्र तथा नेपाल प्रहरीको गोली लागि छजनाको ज्यान गईसकेको छ । त्यस्तै धनुषा, सप्तरी, सिरहा, पर्सासहितका जिल्लाहरुमा मृत्युको क्रम सरकारले बढाउदै लगिरहेको छ । सरकारले आन्दोलन दबाउन बुलेटको प्रयोग गरेर भए पनि दबाउन खोजेको थियो तर परिणाम उल्टो भए आन्दोलनकारीलाई लागेको आगोमा सरकारले पेट्रोल छर्कने काम गरे । र, निष्कर्ष आगोमा पेट्रोल हाल्दा त्यो अझ दनदनी बल्न थाल्यो ।
महोत्तरी जिल्लाको जलेश्वमा टयुस्न पढेर आउदै गरेका रोहन चौधरी प्रहरीको निशानमा पर्यो । चौधरीको काजक्रियाका लागि सामान किन्न हिडेका ७५ वर्षीया हजुरबुवा गणेश चौधरी पनि प्रहरीको गोलीको सिकार हुनुभयो । यो फरक प्रकृतिका घटनाले जो कोहीलाई स्तब्ध बनाउँछन् । र, मर्ने र मार्ने सोचको विकास गराउँछ । म पनि यी शब्दहरुलाई लेखिरहँदा त्यस्ता कतिपय घटनाको स्मरण गरेर भए पनि रगतको नसा नसाबाट आगोको ताप निस्कन्छ ।
प्रमुख तीन दलले यी घटनाहरुलाई घटनालाई कसरी लिएका होलान् ? अधिकार प्राप्तिको आन्दोलनलाई विहारीको अधिकारको संज्ञा दिनु भएका केपी ओलीले ‘जनता’ को मृत्युलाई खेलको रुपमा सोचेका कारण तराईमा मृत्यको सँख्या अझै बढ्ने संभावना त्यतिकै प्रवल रहेको छ । सर्प र भ्यागुतोको जुधाई जस्तै सम्झेर सरकारले ठूला–ठूला कोबर, धामन, एनोकोण्डा सर्पहरुलाई जनताको ज्यान लिन पठाईरहेका छन् । मृत्युलाई राजनीतिक सरकारले सिकार गरेको जस्तो लिईरहेका छन् । तराई मधेशमा मातम मनाईरहेको बेलामा सिकार खेलेर खुशीयाली मनाए जस्तो काठमाण्डौंमा दीपावली मनाउन ह्विप जारी गर्छन् । मधेशमा प्रहरीद्वारा गोली ठोकी हत्या गरियो भने खुशीको भ¥याङ चढछन् ।
विगतमा एउटै राजनीतिक उद्देश्यका लागि निरंकुश राजतन्त्रसँग लडेका एमाओवादी शक्तिहरु पनि यतिबेला फेरी पनि निरङकुश खसवादी र पाएको उपलब्धिलाई गुमाएका छन् । मधेशसँग लभ परेको भन्दै लोभमा परेर मधेशीको अधिकार खोस्न र मधेशीको अस्तित्व धरापमा पार्नुबाहेक केही गरेको देखिदैन् । आन्दोनलमा उत्रिएका मधेशी, थारु, जनजाति सहितकाले पनि वार्ताको माध्यमबाट माग पुरा गर्ने कोशिश गरे पनि सरकारले तराईमा मान्छे मारेर वार्ताको वातावरण विथोल्दै आन्दोलनलाई दवाउन अनेकन षड्यन्त्र रच्दै खुट्टाको तल दवाउने प्रयास गर्छन् ।
हाल मधेशमा जारी आन्दोलनमा मधेशी दलले अपेक्षित भन्दा धेरै जनसहभागिता भईरहेको अवस्थामा सरकारले अब कुनै पनि हालतमा दवाउन सोचे पनि त्यो सरकार र यो देश नेपालको लागि नै घातक सावित हुनेछ । कारण तराईका प्रत्येक गाउँ–गाउँ, सहर–सहर र गल्लीहरुमा जनमानसका सागर ओर्लेको छ । स्वतः स्फूर्त रुपमा जनताको उपस्थितिले लामो समय आन्दोलन चलाउन कुनै समस्या नहुने र डेढ महिना देखिको आन्दोलनले तराई मधेश भिजिसकेको छ । यसैले अग्रगमनलाई जोगाउने खेलको मद्दारीले देखाएको नाच जस्तै देखाउन कांग्रेस, एमाले, एमाओवादी कुनै पनि कसरत बाँकी राखेको छैन् । झन अहिले एमाओवादी वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको तराई मधेश प्रवेशलाई विभिन्न रुपमा आडकलवाजी गरिन थालिएको छ ।
पहिले जसरी तराई ध्वस्त हुदै थियो र काठमाण्डौं मस्त निन्द्रामा सुतेको थियो । सोही अनुरुपको अवस्था हाल तराई मधेशमा छ । अहिले तराई मधेशमा आन्दोलनकारीहरु रातभर जाग्राम बसेर सिमानाका बन्द गरेर मस्त देखिन्छ भने राजधानी काठमाण्डौंमा अहिले मस्तले निदाएका मान्छेहरु ब्युझिएको छ । कारण मधेशलार्ई ‘ध्वस्त’ पार्न जसरी शिर्ष दलका नेताहरु लागेका थिए, त्यसको ठीक हाल काठमाडौ ‘मस्त’ हुने सबैलाई अधिकार प्राप्तिको आन्दोलनको उचाई बलले बल्ल थाहा दिएको महसुस गर्छन् । तैपनि नाटक गर्छन, सरकार भन्छन्–‘तपाईहरुको माग के हो ? हे मुर्ख सरकार तिमीलाई अझै थाहा भएन तराई मधेशको माग के होँ ?’



तपाईको प्रतिक्रिया