गौशाला, असोज १४ गते । मानव साङ्लोमा सहभागी हुन गएका एक व्यक्तिको आज महोत्तरीको मनरा गा.वि.समा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सिस्वाकटैया गाविस–८ सहसराम गाउँ बस्ने ४५ वर्षीय उमेश कापर रहेको उनका छिमेकी राधेश्याम तिवारीले जानकारी दिनुभएको छ ।
मनरा–७ स्थित बाटोमा मानव साङ्लोमा सहभागी हुँदै उभिएका कापर अचानक भुइँमा लड्दा उनको घटनास्थलमै मृत्यु भएको उनीसँगै रहेका गाउँले विजयकुमार साहले बताउनुभयो ।
मृतक कापरको शव उनीसँगै मानव साङ्लोमा सहभागी हुन गएका गाउँलेले गाउँमा लैजाने तयारी गरिरहेका छन् भने घटनास्थलमा प्रहरी पुग्न सकेका छैनन् ।



तपाईको प्रतिक्रिया