Khadya Bibhag

नहले पे दहला, मधेशमा नेपाली च्यानल बन्द

काठमाडौ असोज १३ गते । सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले हिन्दी च्यानलहरु सुचाररु गर्न पत्र पठाएपनि काठमाडौ लगायत विभिन्न सहरमा केवल च्यानलवालाहरु हिन्दी च्यानल सुचारु नगरेपछि बारा र पार्सामा नेपाली च्यानलहरु बन्द गराएका छन् ।
संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले हिजै पत्रकार सम्मेलन गरेर हिन्दी च्यानलहरु सञ्चालन नगरे मधेशमा नेपाली च्यानल बन्द गर्ने जानकारी गराएका थिए तर हिन्दी च्यानलहरु सञ्चालन नभएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारा र पार्साले आजदेखि अनिश्चितकालका लागि नेपाली टेलीभिजन च्यानल प्रसारण बन्द गराएको छ ।
रौतहटमा बसेको केन्द्रीय मधेशी मोर्चाको बैठकले हिन्दी च्यानल सञ्चालन गर्न माग गरेको छ तर यो समाचार तयार पार्दासम्म च्यानलहरु सञ्चालनमा आएको छैन । केवल संघलाई विपल्व माओवादीले दवाव दिएर हिन्दी च्यानलहरु बन्द गराएका छन् ।
मोर्चाले पत्रलेखि आग्रह गरेपछि आफुहरु च्यानल बन्द गर्न बाध्य भएको सिटी सेटलाइट केबुल वीरगन्जका संजय थापाले बताए । ‘मोर्चाले आज पत्र पठाएर आग्रह गरेको हो,  जनभावना बिपरित जान नमिलेको कारण नेपाली च्यानल प्रशारण बन्द गरिएको हो ।  एबिसी, माउन्टेन, सगरमाथा, हिमालयन, न्युज २४ लगायत च्यानल बन्द छन् ।

हिन्दी च्यान सञ्चालन गर्न स्पष्टीकरण साध्दै सञ्चार मन्त्रालयले लेखेको पत्र

तपाईको प्रतिक्रिया