आपुर्तिमन्त्री सुनिल थापाले गुहारे भारतीय विदेश मन्त्री शुष्मा स्वराजलाई

काठमाडौं, असोज १२ गते । नेपालको राजनीतिक घटनाक्रमसँग जोडिएर आएको अघोषित नाकाबन्दी हटाउन भारतले तत्काल कूटनीतिक परामर्श, सुरक्षास्थितिको समीक्षा र विभिन्न तहमा संवादको उपाय पहिल्याउने भएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वाराजसँग भेटवार्ताका लागि सोमबार मन्त्री निवासमै पुगेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले नाकाबन्दीका कारण नेपाली आम जनताले बेहोरेको कठिनाइ र समस्या समाधानमा रहनुपर्ने तदारुकताबारे विफ्रिङ गरेका थिए ।
भारतले नेपालसँग पारवहान तथा ढुवानीका विषयमा कहीकतै पनि नाकाबन्दी गर्ने निर्णय गरेको होइन मन्त्री स्वराजको भनाई उदृत गर्दै थापाले भने तर सीमावर्ती क्षेत्रमा देखिएको धर्ना, जुलुशसहितको असुरक्षित अवस्थाका कारण ढुवानीमा संलग्न व्यवसायीले आफ्नो सुरक्षामा चिन्ता देखाएपछि पारवहन रोकिन गएको हो ।  कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया