![]() |
| रेखा यादव स्मृति पत्रकारित पुरस्कारबाट सम्मानित हुँदै पत्रकार भउच प्रसाद यादव |
काठमाडौँ, असोज ९ गते । नेपाल यादव सेवा समितिले आफ्नो २१ औं सधारणसभाको अवसरमा विभिन्न विधामा तीनजना व्यक्तित्वलाई सम्मान गरेको छ । पत्रकारिता, कानून र गायन क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तित्वहरुलाई सम्मानित गरेको छ ।
पत्रकारिताको क्षेत्रमा उल्लेखनीय काम गरेवापत गोरखापत्र दैनिकका पत्रकार भउचप्रसाद यादवलाई ‘रेखा यादव स्मृति पत्रकारिता पुरस्कार, २०७२’ प्रदान गरियो । उहाँलाई समितिका सल्लाहकार हरिश्चन्द्र यादवले समितिको तर्फबाट सो पुरस्कार प्रदान गर्नुभएको थियो । यसअघि, सो पुरस्कारबाट पत्रकारहरु दिनेश यादव, सुरेशकुमार यादव र श्याम सुन्दर यादव सम्मानित भइसक्नु भएको छ ।
त्यसैगरी, गीत, सङ्गीत र गायनको क्षेत्रमा उल्लेखनीय काम गरेवापत गायक संजयकुमार यादव र कानूनी क्षेत्रमा उल्लेखनीय काम गरे वापत अधिवक्ता धिरजकुमार यादवलाई क्रमश ः ‘गाँगो देवी स्मृति गायन पुरस्कार, २०७२’ र ‘गङ्गा राम यादव स्मृति कानून व्यवसायी पुरस्कार,२०७२’ प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही पाँच हजार रुपियाँ रहेको छ । उहाँहरुलाई समितिका सल्लाहकार योगानन्द यादवले समितिको तर्फबाट पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यसैगरी, सो अवसरमा लोक सेवा आयोगका सदस्य ब्रह्मदेव राय यादव, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. पीताम्बर राय यादव, नेपाल टिम्बर कर्पोरेशन लिमिटेडका महाप्रबन्धक वीरेन्द्रकुमार यादव, राष्ट्रपति तराई–मधेस चुरे संरक्षण समितिका सदस्य डा. नागेन्द्रप्रसाद यादवलाई समितिको तर्फबाट सम्मानित गरिएको थियो ।
सो अवसरमा प्रा. कुञ्जीलाल यादव, प्रा. देवनारायण यादव, प्राडा पारसनाथ यादव, प्राडा अमर यादव, प्राडा. रामकैलाश यादव, प्राडा रामकुमार यादव, प्राडा रामनाथ यादव, प्रा महेन्द्रनारायण यादवलाई समेत समितिको तर्फबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा समितिका पूर्व अध्यक्ष योगानन्द यादव, नेपाल यादव महिला सङ्घका अध्यक्ष आशा यादव, पुरस्कृत व्यक्तित्व भउचप्रसाद यादव लगायतले नेपाल यादव सेवा समितिको विकासमा जुट्न सबैसँग आग्रह गर्नुभयो । कार्यक्रमका सभापति तथा समितिका अध्यक्ष भूवनेश्वर यादवले यस समितिको आजीवन सदस्यता लिन सबै यादव बन्धुसँग आग्रह गर्नुभयो ।
समितिले आफ्नै भवन निर्माणका लागि काठमाडौंमा जग्गा खरिद गरिसकेको जानकारी दिंदै आ–आफ्ना बुबाआमाको नामबाट भवनमा कोठा निर्माण गरी समितिलाई सहयोग गर्न यादव बन्धुहरुसँग आग्रह गर्नुभयो ।



तपाईको प्रतिक्रिया