Khadya Bibhag

वतावरण बने मुलुकको जुनसुकै ठाउँमा वार्ता गर्न सकिन्छ–उपेन्द्र

    विराटनगर, असोज ९ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको वातावरण बनाउन सरकारले नै ठोस पहल गर्नुपर्ने बताउनुभएको छ ।

     आज विराटनगरस्थित आफनो निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक मुद्दाको समाधान राजनीतिक प्रक्रियाबाट नै हुने भएकाले वार्ताको वतावरण बनाउनका लागि सेना र सशस्त्र प्रहरी ब्यारेकमा फिर्ता हुनुपर्ने माग गर्नुभयो ।
    एकपक्षीय संविधान कदापि स्वीकार नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो – “विगतमा मधेसी, आदिवासी जनजाति, महिला र दलितलगायतसँग गरिएका सम्झौतालाई कार्यान्वयन गर्ने कि नगर्ने विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ ।” संविधान संशोधनका लागि चर्चामा रहेको सात बुँदे माग संयुक्त मधेसी मोर्चाको नरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो – “वार्तामा माग प्रस्तुत गर्ने गरिन्छ, अहिलेसम्म सरकारसँग कुनै वार्ता नभएको अवस्थामा यो माग कहाँबाट आएको हो यस सम्बन्धमा आपूmलाई जानकारी छैन ।”

    पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले अनौपचारिक रुपमा धेरैसँग वार्ता भएको जानकारी गराउँदै सरकार ठोस रुपमा प्रस्तुत भएमा दुई चार दिनमा वार्ता हुनसक्ने सङ्केत दिनुभयो । वार्ताको स्थलका लागि अडान नलिएको भन्दै उहाँले काठमाडौँलगायत मुलुकको जुनसुकै स्थानमा वार्ताका लागि आपूmहरू तयार रहेको प्रष्ट पार्नुभयो ।

    उहाँले नेपालको आन्तरिक समस्यालाई नेपालीले नै समाधान गर्नुपर्ने उल्लेख गर्दै छिमेकी राष्ट्रले दिएको सुझाव, सल्लाहलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा प्रकट गर्नुभयो । उहाँले चीन र भारतको झन्डा जलाउनु र भारतीय नेताको पुतला जलाउनेजस्ता कार्य निन्दनीय हो भन्नुभयो ।

तपाईको प्रतिक्रिया