Khadya Bibhag

नेपालगन्जमा गोली चल्यो, महिलासहित दर्जनौ घाइते,अवस्था तनावपूर्ण

नेपालगञ्ज, आश्विन ९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ता र आन्दोलनकारीहरु र प्रहरीवीच नेपालगञ्जको जनुनहा सिमानामा झपड हुँदां दर्जनौं आन्दोलनकारी गम्भि। घाइते भएको छ ।

संयुत्तः लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आन्दोलनलाई थप शसक्त बनाउने घोषित कार्यक्रम अनुसार आज बिहानै देखि सो नाकामा नाकाबन्दी गरेर बसी रहेका शान्तिपुर्ण जुलुस माथि प्रहरीले बर्वरतापुर्ण लाठी प्रहार गरी प्रहरीले आन्दोलनकारीलाई घाइते भएको संघिय 

समाजवादी फोरमका नेता मोहम्द इस्तीयाक राईले जानकारी दिए ।
इस्तीयाक राईको अनुसार, जमुनहा नाकामा हामी शांतिपूर्ण आंदोलन गरी रहेका थियौं, प्रहरीले अचानक लाठी चार्ज र गोली प्रहार गरे, प्रहरीको लाठी प्रहारबाट म पनि घाइते भएको छु । त्यस्तै संघीय समाजवादी फोरम नेपालका महिला अध्यक्ष लाई गोली लागेको छ । उनको अवस्था निकै गम्भीर छ । दर्जन भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । अहिले सो क्षेत्रको अवस्था तनावपुर्ण रहेको छ ।

तपाईको प्रतिक्रिया