Khadya Bibhag

सर्लाहीमा दिउँसो टर्चबालेर सरकार विरुद्ध प्रर्दशन

विश्वनाथ ठाकुर सर्लाही, ८ असोज । मधेशमा लामो समय देखि भईरहेको आन्दोलन नेपाल सरकारले नदेखेको भन्दै विरोध स्वरुप शुक्रवार सदरमुकाम मलंगवामा दिउँसै टर्च जुलुस प्रर्दशन गरिएको छ । युवा संर्घष समिति सर्लाही द्वारा निकालिएको टर्च जुलुसमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । जिल्ला विकास चोकबाट निकालिएको टर्च जुलुस जिल्ला प्रशासन कार्यालय अगाडी गएर प्रर्दशन गरेको थियो । नेपाली काँग्रेस, एमाले र एमाओवादीका शिर्ष नेता विरुद्ध नारावाजी गर्दै युवाहरुले नगरको परिक्रमा गर्दै नेपाल भारत सिमा क्षेत्रमा पुगी दशगजा क्षेत्रमा रहेको पानीको मुलमा नेपालको संविधान २०७२ लाई दहन गरेको थियो । नेपालको वरिष्ठ नेताहरुले मधेशीको माँग संविधानमा सम्बोधन भईसकेको भनी दिदै गरेको अभिव्यक्तिका कारण दिउँसै टर्च बालेर घोषित नेपालको संविधान २०७२ मा मधेशको हक अधिकार खोज्दा नभेटाएपछि नगर परिक्रमा गर्दै मलंगवा सोनवरसा सडक खण्डमा रहेको उक्त पानीको मुलमा दहन गरेको टर्च जुलुसमा सहभागी हुनुभएका मलंगवा जेसिजका अध्यक्ष अनिल रौनियार गुडुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया