काठमाडौं,आश्विन ७ गते । मन्त्रीपरिषदको वैठकलेले शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेका छन् । मुस्लिम समुदायको महान पवित्र पर्व बकर इदको अवसरमा सरकारले शुक्रबार एक दिनका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
इन्द्र जात्रा परेकोले आइतबार पनि सार्वजनिक बिदा परेकाले काठमाडौँबासीले तीन दिनसम्म बिदा पाउने भएका छन् । शुक्रबार सार्वजनिक बिदा दिने निश्चित भए पनि गृह मन्त्रालयले औपचारिक रुपमा आज घोषणा गर्ने भएको छ । आइतवार काठमाडौंको नेवार जातीले मनाउने इन्द्रजात्रा परेको छ ।



तपाईको प्रतिक्रिया