Khadya Bibhag

ह्यूमन राईट काउन्सिलले भने, मधेशमा प्रहरी दमन भयो त्यसको छानविन हुनुपर्छ

फाइल तस्विर

काठमाडौ, असोज ५ गते । मानव अधिकारवादीहरुले मधेसमा भईरहेको हिंसा र ज्यान जाने गरी भएका घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलन गरी आफूहरुले मधेसमा गरेको अनुगमनको अनुभव सुनाउँदै ह्यूमन राईट काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापाले तराई आन्दोलनमा अत्याधिक बल प्रयोग भईरहेको भन्दै आन्दोलनकारी वा सरकार जसले गरेको भए पनि मानवअधिकार उल्लघनका घटनाका निष्पक्ष छानविन गरेर दोषीमाथि कानूनी कारवाही गर्नु पर्ने बताए ।
उनले राज्य र आन्दोलनकारीहरुले संयमता अपनाउनु पर्ने आवश्यकता औल्याउँदै  राज्यले तराईमा भईरहेको आन्दोलनलाई हल्का रुपमा लिनु दुखद भएको गुनासो गरे ।

रुपन्देहीमा अनुगमनको क्रममा बच्चाको ज्यान जानुमा सुरक्षाकर्मीको कमजोरी भएको स्वयम सुरक्षा अधिकारीहरुले स्वीकार गरेको भन्दै वार्ताको माध्यमबाट शान्तिपूर्ण समाधान खोज्न आग्रह गरे ।
मानवअधिकारकर्मी एवम अधिवक्ता दिनेश त्रिपाठीले तराईमा भईरहेका घटना गंभिर मानवअधिकारको उल्लघनको रुपमा भएको भन्दै यसको छानविन गरेर दोषीमाथि कारवाही हुनु पर्ने माग गरे ।

उनले तराईमा सुरक्षाकर्मीको चरम लापरवाही भएको दावी गर्दै भने–घर घरमा गएर लाठि हानिएको छ ।  पानीको फोहरा कतै हानिएको छैन, सीधै यूद्धमा प्रयोग गरिने गोली हानिएको छ ।
राज्यलाई कानुन हातमा लिने अधिकार नभएको भन्दै राज्यले संयमता अपनाएर शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नु पर्ने त्रिपाठीले बताए ।

तपाईको प्रतिक्रिया