काठमाडौं असोज ५ गते । तीन दलले जवर्जस्ती सविधान जारी गरेको कारण चित्त दुखाएका भारतले आजैदेखि नेपाल भारत नाका बन्द गर्ने संकेत गरेको छ ।
भारतीय राजदूत रञ्जित रे दिल्ली गएर ब्रिफिगं गरेपछि विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी नाकाबन्दी गर्ने चेतावनी दिएका थिए । मधेशवादी दललाई सहमतिमा लिएर सविधान जारी गर्ने भनि भारतले पटक पटक दवाव दिँदै आएका थिए तर अटेरी गर्दै असोज ३ गते सविधान जारी गरेका थिए ।
भारतले सीमा नाका बन्द गर्ने संकेत देखाएको भोलिपल्ट पट्रोलियम पदार्थ बोकेका नेपाली ट्यांकरलाई रोकिएका छन् ।
रक्सौलबाट तेल भरेर भन्सार आइपुगेका तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न दिएन ।
भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ ।
यसअघि भारतले सोमबार साँझ विज्ञप्ति जारी गर्दै तराईमा भएको आन्दोलन सुल्झाएन आग्रह गरेको थियो ।
भारतीय भन्सारका अधिकारीले माथिको निर्देशन भन्दै ट्यांकरलाई भन्सारमा रोकेका छन् । रक्सौलमा इन्धन भरेर आयल निगमका २७ वटा ट्यांकर हिजो नै भन्सारमा आइपुगेका छन् ।



तपाईको प्रतिक्रिया