Khadya Bibhag

राजविराजमा मोर्चाको बैठक बस्दैँ,


सप्तरी, आश्विन ५ गते । राजविराजमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज २ बजेवाट बस्दैछ । संविधान जारी भएपछिको अवस्था विश्लेषण गर्न र अबको रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुन मोर्चाको एक घटक संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार नै राजविराज आइपुगेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावनाका अध्यक्ष महेन्द्र राय यादवसहितका नेताहरु आईरहेको संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश यादवले जानकारी दिनु भयो ।

बैठकमा नेकपा माओवादीका संयोजक मातृका यादव र तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता पनि सहभागी हुने सम्भावना रहेको मोर्चा निकट श्रोतले जनाएको छ । यद्यपी संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले उनीहरु सहभागी नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया