काठमाडौं, आश्विन ३ गते । सरकारले रोजगारीका लागि बिदेसिने नेपालीलाई १३ लाख रुपैयाँबराबरको सामाजिक सुरक्षा दिने तयारी गरेको छ । यो सुविधा थप भए मृतक कामदारका परिारले अहिलेको भन्दा ५ लाख रुपैयाँ बढी क्षतिपूर्ति पाउनेछन् ।
स्वदेशमा जीवन या अन्य बिमा गर्दा केही रकम एजेन्टलाई कमिसनस्वरुप प्रदान गर्नुपर्छ । बिदेसिने कामदारले एजेन्टबिना सीधै बिमा कम्पनीमै गएर गर्ने भएकाले त्यसबाट बच्ने रकम सामाजिक सुरक्षामा थप्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विदेशमा मृत्यु हुने व्यक्तिका परिवारले क्षतिपूर्तिबापत ८ लाख रुपैयाँ पाउँदै आएका छन् । यसमा ५ लाख रुपैयाँ बिमाबाट र ३ लाख रुपैयाँ वैदेशिक रोजगार प्रवर्दन बोर्डबाट आउँछ । बिमा कम्पनीले थप किरिया खर्च पनि दिन्छन् । आजको कारोबार दैनिकमा खबर छ ।



तपाईको प्रतिक्रिया