लण्डन, आश्विन १ गते । लण्डनमा बस्दै आएको मधेशीहरुले थरुहट र मधेशमा भई रहेको आन्दोलन प्रति र शान्पिूर्ण आन्दोलनमा भइरहेको प्रहरी दमन विरुद्धमा व्रिटिस पार्लीयामेण्ट अगाडी मधेशीहरु एकजुट भएर प्रर्दशन गरेको छ ।
विश्वभरी छरिएर रहेका नेपाली मधेशी समुदाय एकजुट हुन थालेका छन् । मधेश र थरुहटमा सरकारद्धारा भई रहेको हिंसाको विरुधमा विश्वभरका नेपाली मधेशीहरु आन्दोलित भएका छन् । उनीहरुले आ आफ्नो स्थानबाट नेपाल सरकारले मधेश माथि प्रहरी प्रशासन प्रयोग गरि शान्तीपुर्ण आन्दोलनमा माथि भई रहेको प्रहरी दमनको घोर विरोध गरी रहेका छन् ।
आज लण्डनमा रहेका मधेशीहरुले मधेश–थरुहटमा जारी आन्दोलनमा भइरहेको प्रहरी दमनको विरोधमा व्रिटिस पार्लियामेन्ट अगाडि जम्मा भई प्रदर्शन गरेका छन् । लण्डनमा रहेको मधेशीहरुको छाता संगठनको रुपमा रहेको नेपलिज मधेशी इन युके एनमुक को नेतृत्वमा सबे मिल िलण्डन स्थित पार्लीयामेण्ट अगाडी प्रर्दशन गरेको छन् ।
लण्डनमा रहेका मधेशीहरुको छाता संगठन नेपलीज मधेशी इन यूके (एनमुक)को नेतृत्वमा सो प्रदर्शन आयोजना गरिएको हो । प्रदर्शनमा मानवता रक्षाका लागि नेपाल सरकारको राज्य आतंक विरुद्ध बोल्न आग्रहसमेत गरिएको छ ।
उनीहरुले नेपालमा सामुदायको आधारमा सरकारद्धारा मधेशी माथि गरिएको विभेदको बारेमा विश्व समुदायलाई ध्यान केन्द्रित गराउन व्रिटिस पार्लियामेन्ट अगाडि प्रर्दशन आयोजना गरेको बताएका छन् ।






तपाईको प्रतिक्रिया