रौतहट, भदौ ३० गते । रौतहटमा अज्ञात समुहले एक महिलाको गोली हानेर हत्या गरेका छन्। स्थानीय रमौली बैरिया गाविस–५ स्थित नहरमा करिव २० वर्षीया महिलाको अज्ञात समुहले छातीमा गोली हानेर हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
गोली हानेर हत्या गरिएकी महिलाको सनाखत हुन सकेको छैन्। सो गाविसदेखि पश्चिम दक्षिणमा पर्ने नहरको डिलमा राति कसैले छातीमा गोली हानेर हत्या गरी फालेर फरार भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। हत्या गरिएकीे महिलाको सनाखत हुन सकेको छैन्।
घटनाको विषयमा अनुसन्धान भइरहेको र वरिपरिका गाउँहरुमा प्रहरी परिचालन महिलाको सनाखतका विषयमा बुझ्ने काम भइरहेको गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवालले बताएका छन्। मृतक शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा लगिएको छ ।



तपाईको प्रतिक्रिया