वीरगन्ज, भदौ २९ गते । विरगंजको आर्दशनगर सडकमा कर्फयु र दंगाग्रस्तको विरोधमा राष्ट्रिय मधेश समाजवादी पार्टीका भातृ संगठन युवा लिगका राष्ट्रिय अध्यक्ष प्रदिप चौरसीयाको नेतृत्वमा निकालिएको विरोध जुलुस प्रहरीले हस्तक्षेप गरि नियन्त्रणमा दिइ प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा विरोध जुलुसमा सहभागि रहेको रोशन पटेल, जिल्ला अध्यक्ष सुसील कुमार पटेल, जितेन्द« साह,कुदन कुमार सिंह, जितु सिंह, भुषाल चौरसीया, संतोस यादव, राजबिर पटेल, रबि पटेल, रिऋीकेश पटेल, जितेन्द« पटेल सहित दर्जाैनौ भन्दाबढी युवा कार्यकर्ताहरु पक्राउ गरेको छन् ।
आज माईस्थामा हिन्दु राज्यको माग गर्दै निकालिएको विरोध जुलुसमा सहभागि हिन्दु युवा संघका र्दजनै कार्यकर्ता हरुले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय ले विगत २ साता देखी बिरगन्जलाई दंङ्गाग्रस्त क्षेत्र घोषीत गरिएकोमा युवा लिगका राष्ट्रिय अध्यक्ष प्रदिप चौरसीया का नेतृत्व को कार्यकर्ता हरुले दंङ्गाग्रस्त क्षेत्रलाई तोडदै आदर्शनगर सडकमा बिरोध प्रदर्शन गर्दै गरेको बखत पर्सा प्रहरी का प्रहरी निरिक्षक शेख अदालतले आफनो नियन्त्रणमा लिई जिल्ला प्रहरी पर्सामा पठाईएको थियो ।



तपाईको प्रतिक्रिया