Khadya Bibhag

शहिद हेफाजत मियाको श्रद्धाञ्लीसभा सम्पन्न

बारा,कलैया– भदौ, २७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराले बाराको कलैया सहिद चौकमा आईतबार शहिद हेफाजत मियाको श्रद्धाञ्ली सभामा सहभागि भइ सम्पन्न गरेको छ ।
हेफाजत मियाको श्रद्धाञ्लीसभामा सदभावना पर्टिका केन्दिय अध्यक्ष राजेन्द्र महतोले तीन दलले मधेशीको अधिकार दिन नचाहेको आरोप लगाउनु भएको छ । मोर्चाका नेता एव तमलोपाका महामन्त्री जितेन्द्र सोनलले प्रमुख मधेश आन्दोलनलाई दबाउन बल प्रयोग गरेको आरोप लगाउदै नेता सोनलले बन्दुकको नोकमा मधेशीको अधिकारवाट बन्चित नहुने बताउनु भयो ।
नेता सोनलले समयमै मधेशीको हकअधिकार सुनिश्चित नगरे र मधेशको अधिकार विना सविधान जारी गरे मधेशमा यो भन्दा भयावह आन्दोलन हुने चेतवनी समेत दिनुभयो । तमलोपाका नेता मुस्तकीम अंसारीको अध्यक्ष्ँतामा सम्पन्न विरोध सभामा पार्टीका नेता रामचन्द्र सिंह, चन्द्रिका यादव, सिताराम गुप्ता, ललन पटेल, जितेन्द्र साह, नवलकिशोर सिंह, सत्यनारायण कुशवाहा, भिखारी साह लगायतले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया