कायरो, भदौ २७ गते । इजिप्टको एक अदालतले शनिबार १२ जना अतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
ती १२ व्यक्तिहरु इस्लामिक स्टेट (आइएस) क्षेत्रीय आतङ्ककारी समूहसँग आवद्ध रहेको आरोपमा सो सजाय सुनाइएको मेना समाचार समितिले जनाएको छ ।
इजिप्टको राजधानी कायरोबाट उत्तरतर्फ पर्ने सार्कियामा अवस्थित अपराध सबन्धी मुद्दा हेर्ने एक अदालतले सो फैसला गरेको बताइएको छ ।
सन् २०१३ को मध्यतिर इजिप्टमा सैनिक कू गरी तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरी सैनिक शासन लागू भएपछि जारी सरकार विद्रोही आन्दोलनमा परी सयौँ प्रहरी र सेनाको मृत्यु भएको जनाइएको छ ।
यसैगरी सरकारी दमनमा परी १ हजार भन्दा बढी मोर्सी समर्थन मारिनुको साथै हजारौ पक्राउ परेका छन् ।
गत केही दिनयता इजिप्टको उत्तरी प्रान्त सिनाईमा जारी भीषण सैनिक कारबाहीमा परी करिब २५० आतङ्ककारी मारिनुका साथै सोही सङ्ख्यामा पक्राउ परेका जनाइएको छ ।
रासस,सिन्ह्वा



तपाईको प्रतिक्रिया