Khadya Bibhag

एमाओवादीका मधेशी सभासद् र प्रधानमन्त्रीबीच भेटघावार्ता

काठमाडौं भदौ २७ गते । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका मधेशी सभासद्हरुबीच आज छलफल भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभासद्हरुले मधेशमा देखिएका समस्याको हल गर्न तत्काल वार्ताको वतावरण बनाउन आग्रह गरेको छ र यसका लागि सरकारले तत्कालै तयारीमा लाग्नुपर्ने आग्रह गरिएको छ । तराई मधेशको समस्या साँच्चै सविधानको मस्यौदा नसमेटिएको उल्लेख गर्दै सभासद्हरुले तराई मधेशको कुरालाई मस्यौदामा समेटिए समास्या आफै समाधान हुने धारणा राखेका थिए ।

सो क्रममा एमाओवादी सभासद्हरुले तराईका जनजीवन सामान्य बनाउन सरकारले अधिकतम लचक हुनु पर्ने र सामान्य नागरिक भयभीत हुने अवस्था सिर्जना नहुने अवस्था कायम गर्नुपर्ने माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माण सहित राजनीतिक समस्याको समाधानको लागि मधेशवादी पार्टी र सहित थरुहट –थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताको निमित्त आह्वान गरिएको र वार्ताको निमित्त संविधानसभाको प्रकृया सुस्त गरिएको बताए ।
आफूले आन्दोलनतरत पक्षसँग पटक पटक वार्ता गर्ने भनि पत्र पठाएको, सार्वजनिक अपिल गरेको फोनमा कुरा गरेको तैपनि उनीहरु आउन नमानेको गुनासो गर्दै के गरेमा मात्र उनीहरु वार्तामा आउने आफू नबुझेको बताएका थिए । समस्या छ भने त्यसलाई वार्तामाध्यमबाट समाधान गर्नुपर्ने हो, सिधै वतावरण बनेन भन्दै वार्ताबाट टाढिनु राम्रो नभएको भन्दै आहिले पनि उनीहरुलाई वार्तामा आउन आग्रह गर्दछु भन्दै वार्ताबाट सबै समस्याको समाधान आफूले गर्ने बताए ।

त्यस्तै तराईका जिल्लाहरुमा विगत केही समयदेखि सञ्चालन गरिएको आन्दोलनले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सर्वसाधरण नागरिकको दैनिक जीवनलाई कष्टकर बन्न नदिन पनि नेपाल सरकार कार्यरत रहेको बताए ।

संविधान सभामा निमार्णको अन्तिम चरणमा पुगेको संविधानको मस्यौदाले नेपाली जनताले झण्डै एक शताब्दी लामो समयदेखि लोकतान्त्रिक शासन पद्धतिको स्थापना र विकासका लागि गरेको आन्दोलनले हासिल गरेका उपलब्धिहरुलाई संस्थागत गर्ने भएकोले यसलाई परिणाममा पु¥याउन सबैको सहयोग अपेक्षित रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया