सिरहा, भदौ २५ गते । सिरहा जिल्लाको गोल बजार नगरपालिकामा प्रहरी र आन्दोलनकारी बीच भिडन्त हुँदा प्रहरीले चलाएको गोली लागि तीन जना आन्दोलनकारी सख्त घाइते भएका छन् ।
आन्दोलनकारी र प्रहरी बीच झड्प हुँदा प्रहरी दुई दर्जन भन्दा बढी अश्रु ग्याँस र बुलेट चलाउँदा स्थानीय २५ बर्षिय आशिष साह, २८ बर्षिय लक्ष्मण दास र २५ बर्षिय मुकेश साह गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लहान अस्पताल लगिएको छ ।दासको ढाडमा र शाहको हातमा गोली लागेको छ ।दुवैजनालाई धरान अस्पतालमा लगिएको छ।
प्रहरीले गोलबजारमा रहेका तीनवटा ट्रान्सफरमर गोली हानेर फुटाइदिएको छ । प्रदर्शनकारीले राति गतिविधि नगरुन् भनेर अध्याँरो बनाउन ट्रान्सफरमर पड्काइएको बताइएको छ। गोलबजारको अवस्था तनावग्रस्त रहेको छ ।



तपाईको प्रतिक्रिया