![]() |
| FILE PHOTO |
सप्तरी, भदौ २४ गते । जिल्ला सुरक्षा समिति सप्तरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजदेखि कमला बलानसम्म दङ्गा क्षेत्र घोषणा गरेको छ । दगांक्षेत्रमा सेना परिचालन गर्ने तयारी भइरहेका बताइएको छ ।
प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । प्रजिअ यादवका अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वमा कोसी ब्यारेजदेखि पश्चिममा कमला बलान र कदमहादेखि उदयपुर जाने बाटाको आसपास क्षेत्रमा आज राति १० बजेदेखि अर्को आदेश नभएसम्म दङ्गा क्षेत्र घोषणा गरिएको हो ।
तीन दिनदेखि मधेसी दलका कार्यकर्ताले हिंसात्ममक प्रदर्शन, आगजनी र पूर्वपश्चिम राजमार्गका ठाउँ ठाउँमा ढुङ्गा र रुख ढालेर सडक अवरुद्ध गरेका छन् । राजमार्गका विभिन्न ठाउँमा अहिले हजारौँको सङ्ख्यामा सवारी साधन पूर्वको इटहरी र पश्चिमको लहानमा अलपत्र परेका छन् ।



तपाईको प्रतिक्रिया