Khadya Bibhag

उपेन्द्र यादवले भने, सविधानसभा हाइज्याक भयो

पर्सा, भाद्र २० गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलले सविधानसभालाई हाइज्यक गरी कहिले बालुवाटार त कहिले जाजिम्पाट पुर्याएको आरोप लगाउँदै अब तराई मधेशमा भइरहेको आन्दोलनलाई झन सशक्त बनाउने बताए ।

उनले आज सहारा टाइम्ससँग कुरा गर्दै यो आन्दोलन आर या पारको रहेको बताउँदै आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारुलाई आन्दोलनमा राज्यले जान जानी धकेलेको कुरा तीन दलले पुनः एकपटक पुष्टि गरेको छ, त्यसैले अब आन्दोलनलाई निर्णाय बनाउनुको विकल्प नरहेको बताए ।

 वार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहेको आरोप लगाउँदे अध्यक्ष यादवले काँग्रेस, एमाले र माओवादीको कारण मधेशमा यो अवस्था सृजना भएको बताए । मधेशवादी शक्तिहरुसंग भएको सम्झौता पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । वार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहकेको र मधेशमा जारी शान्तिपूर्ण आन्दोलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेर मधेशी जनतालाई मार्ने कार्य गरेको आरोप लगाएका छन् । उनले सद्भावना पार्टीका सभासदहरुले राजिनामा दिएको सन्र्दभमा आफूलाई केही जानकारी नभएको बताए ।
पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत, केन्द्रिय सदस्यहरु करिमा बेगम, बिरेन्द्र यादव, पर्सा अध्यक्ष प्रदिप यादव लगायतको सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया