सिरहा, भदौ १८ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, थारु, जनजाति, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायको माग सम्बोधन नभएसम्म सङ्घर्ष जारी रहने बताउनुुभएको छ ।
सिरहाको लहानमा आज आयोजित मधेस मुक्ति महाकुुम्भलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चार दलले गरेको प्रदेशको सीमाङ्कन मधेसी जनताले स्वीकार्य नहुने बताउनुुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुुरले विगतमा सरकारले मधेसीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुुभयो ।
संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चा सिरहाले आयोजना गरेको कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सङ्घीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष विजयकुमार यादव, सोही पार्टीका सभासद् डा वीरेन्द्र महतो, सद्भावना पार्टीका महासचिव राजुु गुुप्तालगायतले सम्बोधन गर्नुुभएको थियो ।



तपाईको प्रतिक्रिया